रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा ६४९ जनाको नि:शुल्क आँखा जाँच तथा उपचार गरिएको छ ।
चौरजहारी नगरपालिकाको वडा नम्बर १३ र १४ मा आँखा सम्बन्धी समस्या भएका नागरिकहरूको सहज उपचारका लागि सहिद स्मृति नगर अस्पतालमा शिविर। संचालन गरिएको थियो ।
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार चैत्र १९ गतेदेखि तीन दिनसम्म चलेको शिविरमा २९० जनाको नि:शुल्क आँखा जाँच गरिएको थियो ।

जसमा १४७ जनालाई चश्मा वितरण गर्नुका साथै ५८ जना मोतिविन्दुको समस्या भएका बिरामी रिफर गरिएको छ ।
चौरजहारी नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको समन्वयमा संचालित सो शिविरको स्थानीय जनप्रतिनिधि, शिक्षक, वुद्धिजीवि लगायत स्थानीय वासीहरूले सहयोग तथा सहजीकरण गरेका थिए ।
नगरपालिकाले नागरिकहरूको सेवामा सहज पहुँचका लागि स्वास्थ्य शिविर, एकिकृत घुम्ती सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

