जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ ।

कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताउनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उहाँले जानकारी दिनुभयो ।

अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइने छ । नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
56%
7 km/h
सोम
20 °C
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ