Ad imageAd image

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ।

मंगलबार प्रदेश प्रमुख तिलक परियारले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधबार हुने प्रदेशको कार्यालयले जनाएको छ।कँडेललाई नेकपा (एमाले) का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ।

- Advertisement -
Ad imageAd image

४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक सङ्ख्या २१ हो।

जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन्। कँडेलले मुख्यमन्त्रीमा भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन।

सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूले पाउनुपर्ने माग अघि सारेपछि भागबन्डामा कुरा नमिलेको जनाइएको छ।

प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो।

१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठबन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि नेतृत्वसहित सरकारमा जान लागेको हो।

उतिबेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बन्नुभएको थियो। एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी हुनुभएको थियो।

सेयर: 57
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
94%
3 km/h
सोम
20 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ