Ad imageAd image

राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुनरवलोकन गर्न सांसद मदनकुमारी साहको माग

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुनरवलोकन गर्न सरकारसँग माग गर्नुभएको छ । रोग लाग्नै नदिने कुरामा जोड दिनेगरी सरकारले सो नीति पुरावलोकन गर्नुपर्ने उहाँको तर्क थियो ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद साहले हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकले नागरिकलाई रोग लाग्नै नदिने गरी स्वास्थ्य नीति लिन आवश्यक रहेको बताउनुभयो ।

नागरिकलाई रोग लाग्न नदिन सरकारले स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने उहाँको भनाइ थियो । सांसद साहले रोगको छिटो पहिचान र निदानका लागि आवश्यक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनको काममा पनि सरकारले ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।‘‘राष्ट्रिय स्वास्थ्य नीतिको पुनरवलोकन गरिनुपर्दछ ।

त्यसमा स्वास्थ्य क्षेत्रलाई विशेष गरेर तीन वटा चरणमा विभाजन गरिनुपर्दछ । रोग लाग्न नदिने पहिलो चरण, लागिसकेपछि छिटो पहिचान गर्ने । तेस्रो चरण भनेको रोगको निदान । हाम्रो राष्ट्रिय स्वास्थ्य नीतिले रोग लागेपछि त्यसको निदानतिर मात्रै जोड दिएको देखिन्छ ।

- Advertisement -
Ad imageAd image

म यहाँ के अनुरोध गर्न चाहन्छु भने स्वास्थ्य क्षेत्रमा राज्यको आर्थिक भारलाई कम गर्नका लागि रोग लाग्न नदिनेतिर बढी जानुपर्छ ।,’’ सांसद साहले भन्नुभयो, ‘‘त्यसका लागि हामीले हाम्रो स्वास्थ्य शिक्षामा जोड दिनुपर्छ । नैतिक शिक्षामा जोड दिनु प र्‍य ाे ।

आहारमा हामीले परिवर्तन ल्याउनुपर्ने हुन्छ । जलवायु परिवर्तनले ल्याएका चुनौतीलाई पनि सामना गर्नुपर्ने हुन्छ । स्वच्छ खानेपानीलगायतका कुरामा पनि हामीले ध्यान दिनुपर्छ ।

रोग छिटो पहिचान गर्नका लागि पूर्वाधार विकास, दक्ष जनशक्ति र गुणस्तरीय उपकरणको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता छ ।

दक्ष जनशक्तिको आवश्यकता छ ।’’सांसद साहले स्वच्छ खानेपानीलगायतको उचित व्यवस्था गरेर पनि सरकारले नागरिकलाई स्वस्थ्य राख्ने काम गर्नुपर्ने बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
80%
1 km/h
शनि
19 °C
आइत
29 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ