अवैध ‘वान एक्स बेट’मा ५७ करोड ४९ लाखको कारोबार, तीन जना एजेन्ट पक्राउ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टाबाजी गर्न प्रयोग हुने बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला सर्लाही मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह र १९ वर्षीय रामजी साह तथा सोही नगरपालिकाको वडा नम्बर १० मा बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् ।

वानएक्स बेटमा लगाउन रकम सङ्कलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गत चैत २९ गते सर्लाही जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, २ थान ल्यापटप, १ थान सीपीयू, नगद ६२ हजार रुपैयाँ, विभिन्न सहकारीको ११ थान पासबुक, १६ थान बैंकको चेकबुक र ११ थान डिपोजिट भौचर बरामद गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंक गरेका थिए । हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको उपरीक्षक रेग्मीले जानकारी दिएको छ ।

उनीहरूलाई नेपालको प्रचलित कानुन बमोजिम मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर) अन्तर्गत दफा १२५ ( जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
शुक्र
20 °C
शनि
27 °C
आइत
26 °C
सोम
25 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ