सञ्चारमाध्यमको आर्थिक संकट अन्त्यकालागि सरकार गम्भीर छ:मन्त्री शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आमसंचार माध्यमहरूले भोग्नु परेको आर्थिक समस्या समाधान हुने प्रतिक्रिया दिनु भएको छ ।

देशको बदलिँदो आर्थिक परिस्थितीका बीच सञ्चारमाध्यमको अबस्था दयनीय बन्दै गएको भन्दै यसलाई सरकारले ल्याउने मिडिया विधेयकले समाधान गर्ने बताउनु भयो ।

उहाँले आमसञ्चार माध्यमको संकटलाई अत्य गर्न बनेको विधेयक कार्यान्वयनमा आए केही हदसम्म समस्या समाधान हुने भनाई थियो ।

दाङमा आजबाट सुरु भएको दुईदिने मिडिया महोत्सव तथा २२ औँ साधारण सभा र १२ औँ अधिवेशनमा आफ्नो भनाई राख्दै मन्त्री शर्माले बिभिन्न कानून कार्यान्वयनमा आए कुनै पनि मिडियाले आर्थिक भार खेप्नु नपर्ने दाबी गर्नुभयो ।

उहाँले मूलधारका मिडियालाई नयाँ मिडियाले चुनौती दिई रहेको भन्दै यस्ता कार्यमा गम्भीर भएर लाग्न आग्रह गर्नु भयो । उहाँले बदलिँदो डिजिटल पत्रकारितालाई आत्मसाथ गर्दै सुधारिएको पत्रकारितामा जोड दिनु भयो ।

अहिले सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुको विकासका लागि राज्यले केही गरेन भन्ने जनगुनासो बढ्दो रहेको भन्दै त्यसका लागि आफू गम्भीर हुने बताउनु भयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ