Ad imageAd image

प्रजापतिले १५ औँ पटक छेडे जिब्रो

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

बाँके । रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५ औँ पटक जिब्रो छेड्नुभयो ।

उहाँले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाउनुभयो । उहाँ जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् । नेपाललगायत भारतका विभिन्न स्थानबाट चैते दसैँ र विजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ ।

नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दु धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्परा रहेपनि केही भक्तजनहरूले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गर्नुभयो । नवरात्रको व्रत बसेका व्रतालु पुरुषहरू नवमीको दिन मन्दिरमा आएर त्रिशूलले जिब्रो छेड्ने परम्परा छ ।

हरेक वर्ष करिब एक सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उहाँले जानकारी दिनुभयो । “नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिरामी नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।”

बागेश्वरी मन्दिरमा नेपाल र भारतीय भक्तजनले जिब्रो छेडेका छन् । नेपालमात्रै होइन, भारतबाट आएका भक्तजनले समेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन् । सतीदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुसी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास छ ।

बागेश्वरी मन्दिरमा रामनवमीमा बर्सेनि कैयौँले जिब्रो छेड्ने गर्दछन् । रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठुलो भीड लागेको छ ।

भीड व्यवस्थापन गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । रासस

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
40%
2 km/h
सोम
29 °C
मंगल
32 °C
बुध
31 °C
बिहि
28 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ