नेपाल इमर्जिङ एसिया कपबाट बाहिरियो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल इमर्जिङ एसिया कपबाट बाहिरिएको छ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो ।

जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । हङकङका लागि आन्सी राथले अविजित ६५ रन बनाए ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए । नेपालको एसिया कपबाट पनि बाहिरिएको छ। शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको। थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ