जापानी सैन्य हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

टोक्यो । जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताउनुभयो ।

“उद्धारकर्मीहरूले समुद्रमा विमानको भाग भएको मानिएको कुरा भेट्टाएका छन् र हामीले दुई वटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ”, रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूसँग भन्नुभयो, “अहिले यसको कारण थाहा भएको छैन तर सबैभन्दा पहिला हामी मानिसको उद्धारका लागि प्रयास गर्नेछौँ ।”

धेरै घण्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्युको पुष्टि भएको उहाँले बताउनुभयो । “मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छ”, मन्त्री किहाराले भन्नुभयो ।

हेलिकोप्टर प्रशान्त महासागरमा इजु टापु समूह नजिकै रातिको समयमा पनडुब्बीहरूको सामना गर्ने प्रशिक्षणका क्रममा दुर्घटना भएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ