गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

गुल्मी । गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल बताए । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको उनले बताए ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै १०० घरगोठ र त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
100%
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ