लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी,कसलाई कुन मन्त्रालय !

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ। लुम्बिनी प्रदेशका मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रीहरूले जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका अनुसार सहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमेश्वर ढकाल, आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालय रत्नबहादुर खत्रीलाई जिम्मेवारी तोकिएको छ ।

चारैजना मन्त्री नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका हुन् । यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिएको छ ।

चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुनुहुन्छ । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको सम्हाली सक्नुभएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिनुभएको छ । जसपाले दुई वटा मन्त्रालय पाउने लिखित सहमति पालना नगरी एउटा मन्त्रालयमा असहमति जनाउनुहुँदै अहिरलाई राजीनामा गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राख्नु भएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ