Ad imageAd image

उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते शनिबार सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध गरिएको जनाएको छ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को प्रदेश सभा सदस्य क्षेत्र १ मा रिक्त पदका लागि उपनिर्वाचन २०८१ का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने मितिभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार निषेध हुने भएको छ।

यो अवधिमा निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइने छैन।

- Advertisement -
Ad imageAd image

यसैगरी, उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार नगर्न, एसएमएस, फेसबुक भाइवरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध हुने उहाँको भनाइ छ।

उहाँले निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामाग्री प्रकाशन तथा प्रसारण कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आग्रह गर्नुभयो।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी आयोगलाई जानकारी गराउन सम्बन्धित सबै पक्षलाई निर्देशन समेत दिएको छ।

नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै इकाई, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गर्न आयोगले निर्देशन दिइसकेको छ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि, मतदाता, खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा सङ्लन्न व्यक्ति, सङ्घ, संस्था र निकायबाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

कुनै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद, जिन्सी, सार्वजनिक भोज आयोजना नगर्न आयोगले निर्देशन दिएको छ।

मतदाताले पनि त्यस्तो नगद, जिन्सी लिन मन्जुर वा सार्वजनिक भोजमा सहभागी हुने कार्य निर्वाचन कसुर हुने भएकोले कहीँ कतै भएमा तत्काल कारबाही हुने ब्यहोरा आयोगले जनाएको छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
overcast clouds
19° _ 19°
46%
2 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ