महोत्तरीको मठिहानीमा भीषण आगलागी हुँदा १०० घर जलेर नष्ट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका-६ मा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

आगलागीमा परेर एक सयभन्दा बढी घर जलेर नष्ट भएको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रणमा लिन जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र जनकपुर उपमहानगरपालिकाका १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । तर, तीव्र गतिमा हावा चलेका कारण आगलागी नियन्त्रणमा लिन सकिएको छैन । आगलागीबाट घर जलेपछि सयौँ परिवार विस्थापित भएका छन् ।

घटनास्थल पुगेर मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज यादवले आगलागीपीडितलाई भेटेका छन् । उनले घर पुनर्निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ