रुद्रकली र खगेन्द्रप्रसाद उड्न पाएनन् कतार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएका दुई वटा हात्ती कतार लैजान प्राविधिक समस्या भएको छ। कतारले कानुनी प्रक्रिया पूरा नगरेका कारण नेपालले दिने भनिएका दुई हात्ती तत्काल जान नपाउने भएका छन्।

नेपाल सरकारले रोनाल्डोका दुई सन्तान रुद्रकली र खगेन्द्रप्रसाद कतार सरकारलाई उपहार दिने निर्णय गरेकाे थियो। पाँच वर्षका ती दुई हात्ती पठाउन नेपाल सरकारले सबै कागजात मिलाए पनि कतार सरकारले वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) बाट सिफारिस नल्याउँदा ती दुई हात्ती कतार उड्न नपाउने भएका हुन्।

वन मन्त्रालय स्रोतका अनुसार नेपालले सबै प्रक्रिया पूरा गरे पनि कतार सरकारले प्रक्रिया अघि नबढाउँदा हात्ती जान नपाएका हुन्।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसको सिफारिस आवश्यक हुन्छ।  ‘कतार सरकारले यसबारे पहल गरेको पाइएन,’ वन मन्त्रालयका एक उच्च अधिकारीले भने।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ