Ad imageAd image

चुनावको बेला पैसा बाँड्दै हिँड्नेलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको उच्च मूल्यांकन हुनेछः गृहमन्त्री

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिए ।

‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले भने,‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् ।’

निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले आग्रह गरे । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए । ‘अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद,’ लामिछानेले भने ।

- Advertisement -
Ad imageAd image

चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
21%
5 km/h
सोम
30 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ