इलाम–२ को उपनिर्वाचनका लागि शनिबार जिल्लाभर यातायात बन्द हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि ईलाममा यातायात बन्द हुने भएका छन् । इलाम–२ को उपनिर्वाचनका लागि शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको हो ।

बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्ला भरिनै बिहान ५ देखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसहित बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतदानका दिन शान्ति सुरक्षा कायम राख्न सहज हुने निष्र्कषसहित यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

बैठकले अत्यावश्यक र अनुमति प्राप्त सवारी बाहेकका सबै सवारी बन्द गर्ने निर्णय गरेको हो ।

मतदानका दिनलाई छिमेकी जिल्लाहरु झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने छन् ।

सञ्चारकर्मीका लागि भने सञ्चार संस्थाको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराइने भएको छ ।

बैठकमा मतदानका दिन हिँड्डल गर्न नसक्ने, गर्भवती महिला, आफ्नै साथमा बच्चा बोकी आएका महिला, किरियापुत्री, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउन र फर्कन सर्वपक्षीय र सर्वदलीय सहमातिमा मतदान अधिकृतबाट सवारी अनुमति पत्र उपलब्ध गराउने निर्णय भएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ