Ad imageAd image

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई टिकटमै खानाखाजाको प्रबन्ध गर्न विभागको आग्रह

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई पत्राचार गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न आग्रह गरेको हो ।

विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न भनेको छ । मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

यसरी घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए ।

- Advertisement -
Ad imageAd image

‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्को नै तिर्नु अनि न्यूनतम खाना खाजा तथा पानी पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्‍यौँ,’ उनले भने, “छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौँ ।”

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रअधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
light rain
16° _ 16°
83%
1 km/h
बिहि
25 °C
शुक्र
24 °C
शनि
22 °C
आइत
23 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ