खरबुजा खेतीबाट आम्दानी

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

नवलपुर,। बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गर्नुभएको छ । करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ ।

“पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो । वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताउनुभयो ।

सरस्वती जातको खरबुजा लगाउनुभएका उहाँले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताउनुभयो । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उहाँले बताउनुभयो ।

रु छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उहाँले बताउनुभयो ।

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताउनुभयो । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

“यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्”, उहाँले भन्नुभयो ।

खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उहाँले बताउनुभयो ।रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताउनुभएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिनुभएको छ ।

कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहनुभएका उहाँ विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लाग्नुभएको हो । “रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
100%
1 km/h
शनि
21 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ