Ad imageAd image

जैविक विविधता संरक्षणमा जोड

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

बाँके । जैविक विविधताको संरक्षण तथा सामुदायिक वनको सशक्तीकरणमा जोड दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी-६ मा आयोजित ‘जैविक चौतारी’ कार्यक्रमका सहभागीले जैविक विविधता संरक्षणमा जोड दिएका हुन् ।

उक्त कार्यक्रममा सहभागीले ऐक्यबद्धता जनाउँदै आठ बुँदे प्रतिबद्धतासहित जैविक विविधताको संरक्षण तथा सामुदायिक वन सशक्तीकरणमा जोड दिएका राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारुले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकासका लागि कार्य गर्ने कुरामा सरोकारवाला सहमत भई जैविक विविधताको संरक्षण र सम्बर्द्धन गर्ने, प्रत्येक वडालाई हरियाली बनाउन वन संरक्षण जैविक विविधताको संरक्षणका लागि योजना पेस गरी कार्यान्वयन गर्ने सहमति भएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

पेस भएकामध्ये वनसँग सम्बन्धित योजना प्राथमिकीकरण गरी आगामी योजनामा समावेश गर्ने, सामुदायिक वनको सक्रियता अभिवृद्धि गर्ने तथा गाउँपालिकामा स्थापित वन तथा वातावरण शाखामा आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी वन तथा वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने, जैविक संरक्षणका विषयमा वडा कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहबिच साझेदारीका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो ।

सामुदायिक वनको कार्ययोजना बनाउन डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने, नवीकरण हुन नसकेका सामुदायिक वनको नवीकरण गर्न वन कार्यालयबाट आर्थिक र प्राविधिक सहयोग गर्ने, सामुदायिक वन उभोक्ताको आर्थिक पारदर्शिता कायम गर्ने-गराउने र आ-आफ्नो सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गर्नेलगायत विषयमा आठबुँदे प्रतिबद्धता घोषणा भएको गाउँपालिकाका उपाध्यक्ष थारुले जानकारी दिनुभयो ।

घोषणा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष थारु, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत कर्ण, राप्तीसोनारी-७ का वडाध्यक्ष रामलखन थारुलगायतले जैविक विविधताको संरणक्षमा जोड दिनुभएको थियो ।

सो अवसरमा राप्तीसोनारी-५, ६ र ७ मा गठित १० वटा सामुदायिक वन उपभोक्ता समितिले आफूले गरेका सिर्जनशील कार्यका बारेमा जानकारी गराएका थिए । साथै आगामी दिनमा प्रभावकारी कार्ययोजना कार्यान्वयनका लागि सुझाव सङ्कलन गरी प्रस्तुत गरिएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
overcast clouds
19° _ 19°
46%
2 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ