जापानी विदेशमन्त्री योको पहिलो नेपाल भ्रमण, द्विपक्षीय सम्बन्धमा छलफल हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको छ । उहाँ श्रीलंकाको कोलम्बोबाट काठमाडौं आउनुभएको हो ।

दक्षिण एसिया भ्रमणपछि जापान फर्कने कार्यक्रम छ । उहाँको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणमा जापानी विदेशमन्त्री योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डलका तहमा भेटवार्ता गर्नुभयो ।

उक्त अवसरमा ती भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धको समीक्षासँगै आगामी यात्राको बारेमा छलफल गरिने गृहकार्य भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । जापानी विदेशमन्त्रीज्यूको नेपाल भ्रमणका दौरान नेपाल र जापानबीचको सबै द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ