Ad imageAd image

वर्षाले डढेलो निभाउने आशा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ । सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरुले विश्वास व्यक्त गर्नुभएको छ ।

मौसमविद्हरुले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको बताउनुभयो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना छ ।

“बिहीबारसम्म नै वर्षाको सम्भावना छ, २४सै घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ”, उहाँले भन्नुभयो, “आज अपराह्नमा भने काठमाडौँ उपत्यकामा हावाहुरी चट्याङसहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ ।”

यो वर्षाले केही दिनका लागि डढेलो नियन्त्रणमा सहज हुने बताउनुहुन्छ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविद् सुन्दर शर्मा । “लामो समयसम्मको सुक्खाका कारण मुलुकका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको थिएन”, उहाँले भन्नुभयो, “अब पानी पर्न सुरु भएको छ, पूर्वका धेरैजसो डढेलो नियन्त्रणमा आए पनि पश्चिमको बाँकी नै छ ।

- Advertisement -
Ad imageAd image

वर्षासँगै डढेलो नियन्त्रणमा आउला भन्ने विश्वास छ तर ढुक्क भएर बस्नु हुँदैन ।” शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना हुन्छन् । “८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन् ।

चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छन् । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौँ”, शर्माले भन्नुभयो, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ ।”

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ