Ad imageAd image

शीर्ष नेताहरुको छलफलमा कांग्रेसको पुरानै अडान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलानुभएको शीर्ष नेताहरुको छलफलमा कांग्रेसले पुरानै अडान दोह्याएको छ । संसदमा जारी अवरोध अन्त्यकालागि सभामुखले शीर्ष नेताहरु सहित आज छलफल गर्नुभएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जारी अवरोध अन्त्यकालागि संसदीय समितिको माग दोह्याएको हो । कांग्रेसले पछिल्लो समय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका भनिएका विषयका संसदीय छानविन समिति आवश्यक रहेको बताएको थियो ।

उसले सहकारीको रकम हिनामिना लगायतका विषयमा संसदीय समितिनै निर्माण गर्नुपर्ने अडान कायम राखेको नेताहरुले बताएका छन् । अन्य दलहरुले भने, संसदीय समिति आवश्यक नभएको भन्दै संसदमा जारी अवरोध अन्त्य गर्न आग्रह गरेका थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
67%
1 km/h
बिहि
23 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
31 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ