Ad imageAd image

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नर्भिक अस्पतालमा भर्ना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ। काठमाडौँबाट मङ्गलबार सिन्धुली हुँदै रामेछाप जिल्लामा कार्यक्रममा जाने क्रममा मुख्यमन्त्री सिन्धुलीमा बिरामी हुनुभएको हो।

मुख्यमन्त्री जम्कट्टेललाई मुटुसम्बन्धी समस्या रहँदै आएकोमा रक्तचापको समेत समस्या बढेर असहज भएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ।

मुख्यमन्त्री कार्यालयका उहाँका सहयोगी उपेन्द्र जम्कट्टेलले मुख्यमन्त्रीलाई उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पतालमा लगिएको जानकारी दिनुभयो। मुख्यमन्त्री जम्कट्टेल रामेछाप जिल्लामा खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै जाँदै हुनुहुन्थ्यो।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
94%
2 km/h
शनि
25 °C
आइत
25 °C
सोम
25 °C
मंगल
25 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ