बागमती प्रदेश सरकारद्वारा ३८ दशमलव ९२ प्रतिशत बजेट खर्च

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

बागमती, बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका मन्त्रालयको बजेट खर्च न्यून देखिएको हो ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडा मकवानपुरका अनुसार प्रदेश सरकारको विभिन्न मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत अर्थात् रु २४ अर्ब ४० करोड ७८ लाख मात्र खर्च गरेको छ ।

सो अवधिमा प्रदेश सरकारको मन्त्रालयहरुले चालुतर्फ रु ११ अर्ब ४१ करोड ५२ लाख तथा पुँजीगततर्फ रु १२ अर्ब ९९ करोड २५ लाख बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु आठ अर्ब ६९ करोड ८९ लाख बजेट खर्च गरेको छ । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ८६ करोड, स्वास्थ्य मन्त्रालयले रु एक अर्ब ८६ करोड, सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ६९ करोड, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब २३ करोड २९ लाख, कृषि तथा पशुपक्षी मन्त्रालयले रु ८१ करोड नौ लाख, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले रु ६३ करोड ३६ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु १९ करोड ६५ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १७ करोड ४८ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयले रु नौ करोड ५४ लाख खर्च गरेको प्रमुख लेखा नियन्त्रक उपाध्यायले बताउनुभयो ।

त्यस्तै प्रदेशसभा सचिवालयले रु १४ करोड ५६ लाख बजेट खर्चको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालयले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख र वित्तिय व्यवस्थापनतर्फ रु ५० करोड गरी रु ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन गरेको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
scattered clouds
27° _ 27°
36%
2 km/h
शनि
27 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ