जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिलाई निगमको जहाजको इञ्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा मर्मत संभार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

निगमको न्यारो बडी जहाजको इजरायलमा इञ्जिन मर्मत गर्न करिब पाँच महिना लागेको थियो । निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
68%
4 km/h
शनि
20 °C
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ