Ad imageAd image

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्र्याक्टर सडकदेखि एक सय ५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
moderate rain
26° _ 26°
69%
1 km/h
सोम
26 °C
मंगल
26 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ