अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु”ले भोलिदेखि हुने ‘विद्यार्थी महोत्सव’ को तयारी पूरा भएको जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सबै तयारी पूरा भएको अनेरास्ववियुका अध्यक्ष समिक वडालले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउने उद्देश्य महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । महोत्सव भोलीदेखि ३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने छ । ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउन र ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गराउने प्रत्यत्न गर्न लागिएको बडालले बताउनुभयो ।

महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझावसमेत लिइने उहाँको भनाइ छ । अनेरास्ववियुले महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिव र जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने घोषणा गरेको छ ।

आयोजकका अनुसार महोत्सवका क्रममा प्रत्यक्ष परियोजना, साङ्गीतिक प्रस्तुुति, करियर परामर्श, बहस र संवाद, सातवटै प्रदेशका कला, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, खाना कक्ष, इ–गेमिङ्ग प्रतियोगिता, रोबोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम हुने छन् ।

यस्तै महोत्सवमा नेपालको शिक्षा प्रणाली, विद्यार्थी आन्दोलनलगायत बिषयमा समेत सामूहिक छलफल समेत हुने छ । “विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई हामीले सरकार र सम्बन्धित निकायलाई सुझाव दिनेछौँ”, अध्यक्ष बडालले भन्नुभयो । महोत्सवका संयोजक धर्म गिरीले महोत्सवस्थलमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् ।

त्यस्तै विद्यार्थीलाई मनोरञ्जनप्रदान गर्नका लागि जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थजस्ता ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम हुने उहाँले बताउनुभयो । अनेरास्ववियुका महासचिव नरेश रोकायाले महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ