प्रधानमन्त्री र सभामुख बिच बालुवाटारमा छलफल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुख देवराज घिमिरेबिच बालुवाटारमा ४५ मिनेट छलफल भएको छ । बैठक संसद् अवरोधकै विषयमा केन्द्रित रहेर छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

सभामुखले सांसदबाट विधेयकहरू पारित हुन नसकि रहेकाे बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो । संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो । 

उहाँले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गर्नुभयो । प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
thunderstorm with light rain
20° _ 20°
73%
5 km/h
शुक्र
20 °C
शनि
28 °C
आइत
27 °C
सोम
21 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ