एमाले भक्तपुरको अध्यक्षमा देउजा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित हुनुभएको छ । यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका देउजाले दुई सय ९० मत प्राप्त गर्नुभयो ।

उहाँका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रत्यासी श्रेष्ठ यसअघि जिल्ला कमिटि सचिव हुनुहुन्थ्यो । त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी हुनुभएको छ ।

सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी हुनुभएको छ । प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी कूल चार सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए । त्यसमध्ये कूल चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमितिसमेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
mist
16° _ 16°
100%
1 km/h
मंगल
23 °C
बुध
23 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ