मोरहा पक्की बाँधको निरीक्षणमा मधेस प्रदेशका मुख्यमन्त्री

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजनाअन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गर्नुभएको छ ।

प्रदेश सरकारको लगानीमा समपुरक अनुदानअन्तर्गत हंसपुर नगरपालिका वडा नम्बर ४ र ९ मोरहामा निर्माणाधीन उक्त आयोजनाको सतर्कता केन्द्रको टोलीसहित मुख्यमन्त्री यादवले आज निरीक्षण गर्नुभएको हो ।

करिब २२ करोड ५३ लाख २३ हजारको कूल लागतमध्ये १० करोड ७४ लाख ५४ हजार आठ सय ६६ मा ठेक्का साकार भई निर्माणाधीन उक्त पक्की बाँधको काम समयमा पूरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तीव्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन दिनुभएको छ । एक हजार एक सय ६८ हेक्टर भूमि सिञ्चित हुने उक्त बाँधबाट १० गाउँका करिब एक हजार छ सय ५० परिवार लाभान्वित हुने छन् ।

अनुगमनमा सङ्घीय सांसद रामकृष्ण यादव, अनिता साह, प्रदेश सांसद रामआशिष यादव, सतर्कता केन्द्रका सचिव रामआधार साहसहित लगायत सम्बन्धित मन्त्रालय एवम्कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

बाँधको निरीक्षणपछि मुख्यमन्त्री यादवले कृषिको विकासविना मधेसको विकास सम्भव नहुने भएकाले मधेस सरकार कृषिसम्बन्धी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ