बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको छ:अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ ।

नयाँ बानेश्वरमा शनिबार आयोजित एमाले संसदीय दलको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । “कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिनुहोला” अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।

सरकारमा सहभागी दलबाट पर्याप्त परामर्श गरी ल्याइएको बजेट भए राम्रो बजेट आउँथ्यो होला, तर सरकारले त्यसो गरेन उहाँले भन्नुभयो । बजेटले महत्त्वपूर्ण विषय समेटेको तर केही महत्त्वपूर्ण विषय समेट्न नसकेको अध्यक्ष ओलीले बताउनुभयो ।

बजेटमा कमजोरी रहे पनि त्यसलाई पारित गरेर जानुको विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो । छलफलमा प्रश्न उठाउन सकिन्छ तर पारित गर्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो ।

बजेटमाथिको छलफलमा विषय उठाउँदा सांसदबिच समन्वय गरेर गर्न उहाँले निर्देशन दिनुभयो ।नयाँ संविधानले मुलुकलाई समाजवाद उन्मुख बनाउने व्यवस्था गरे पनि बजेटमा त्यसबारे स्पष्ट योजना नआएको उहाँको भनाइ छ ।

सत्तापक्षसँग छलफल गरेर बजेट ल्याउनुपर्ने तर त्यसो हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि बजेट पर्याप्त नभए पनि केही महत्त्वपूर्ण विषय भने समेटिएको उहाँको भनाइ छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ