Ad imageAd image

मे महिनामा मात्र ९० हजार बढी पर्यटक नेपाल भित्रिए

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेले विगत वर्षको तुलनामा यो वर्ष मेमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

उहाँका अनुसार सन् २०१९ को मे मा ७८ हजार तीन सय २९, सन् २०२० मा ३१ जना, सन् २०२१ मा एक हजार पाँच सय ३१, सन् २०२२ मा ५४ हजार ९३ र गत वर्षको मे मा ७७ हजार सात सय तीन विदेशी पर्यटक भित्रिएका छन् । यो वर्षको मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन् ।

भारतबाट ३८ हजार दुई सय ८८ पर्यटक भित्रिएका लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार भारतसहित सार्क मुलुकबाट ४३ हजार आठ सय तीन पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी, एसियाका अन्य मुलुकबाट १४ हजार चार सय २५, युरोपबाट ११ हजार दुई सय १४, अष्ट्रेलिया र न्युजिल्यान्डबाट दुई हजार पाँच सय १४, क्यानडा र अमेरिकाबाट नौ हजार पाँच सय ४२ र इजरायल र टर्कीबाट नौ सय ३० र अन्य मुलुकबाट सात हजार सात सय ८३ पर्यटक नेपाल भित्रिएका छन् ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
91%
1 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
23 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ