तुलसीपुरका एक युवकमाथि खुकुरी प्रहार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


तुलसीपुर, । दाङ तुलसीपुरका एक युवकमाथि खुकुरी प्रहार भएको छ । आफूसंगै गएका साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ९ मासु मन्डीदेखि पूर्व पातुखोला घर भएका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् ।

उनका दुबै खुट्टामा घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ, भने शरिरमा पनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

नेपाली माथि बुलुका ६ बजेतिर तुलसीपुर – १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । तुलसीपुर बाट संगै गएका उनकै साथीहरुले नै बिजौरी हुँदै मानपुर पु¥याएर खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनीहरुबीचको पूर्व रिसिबीका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

खुकुरी प्रहारको दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुरकै सञ्तोष हमाललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ