सिल्भर माउन्टेनका एक सय ४३ विद्यार्थी दीक्षित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टको १८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । सो समारोहमा अन्तर्राष्ट्रिय आतिथ्यता तथा पर्यटन व्यवस्थापन (ब्याचलर्स अफ आर्टस् इन इन्टरनेसनल हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट–बिएआइएचटिएम) संकायमा एक सय ४३ जना विद्यार्थी दीक्षित भएका संस्थापक प्रिन्सिपल समीर थापाले बताए ।

समारोहका प्रमुख अतिथि ब्रिटिस राजदूत रोब फोनले कलेजको सफलताको प्रशंसा गर्दै नेपालमा गुणस्तरीय शिक्षाका लागि प्रेरितसमेत गरे । त्यसैगरी, क्विन मार्गरेट कलेजका उपकुलपति एवं प्रिन्सिपल पल एडवर्ड ग्रिसले नेपालमा गुणस्तरीय शिक्षामा जोड दिन अन्तर्राष्ट्रिय शिक्षाको महत्व र क्विन मार्गरेट विश्वविद्यालय र सिल्भर माउन्टेनबीच बलियो सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी, कलेजले उत्कृष्ट प्रदर्शन र योगदानको कदर गर्दै उत्कृष्ट विद्यार्थी, कर्मचारीलगायतलाई अवार्डसमेत प्रदान गरेको छ । डिन्स अवार्ड एवं आउटस्ट्यान्डिङ स्टुडेन्ड अफ द इयरबाट फैजा बानु, एकेडेमिक एक्सिलेन्सीबाट रचिता अग्रवाल, एक्सिलेन्सी टिचिङबाट सुजन महर्जन र बेस्ट इम्प्लोईबाट सञ्जु गर्तौलालगायत सम्मानित भएको कलेजले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ