Ad imageAd image

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम बैंकले जित्यो

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ सम्पन्न भएको छ । विजेतालाई पुरस्कार र सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम समेत सम्पन्न गरिएको बैंकले जनाएको छ ।

यही जेठ २२ गते मंगलबारदेखि २४ गते बिहीबार (तीन दिन)सम्म इमाडोलस्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स लिमिटेड द्वितीय बनेको छ ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ वटा टीमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आईसीएफसी फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छे« बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आसीएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ ।

- Advertisement -
Ad imageAd image

कुल ३१ खेलहरू खेलाइएको र १६० जना खेलाडीहरू रहेको लिगमा सातवटा वाणिज्य बैंक, आठवटा विकास बैंक तथा एउटा वित्त कम्पनीको सहभागिता थियो । १० ओभरमा खेलाइएको प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता थियो ।

लिग कम नक आउट ढाँचामा आयोजना भएको प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समुहमा विभाजन गरिएको थियो । जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरूबीच भाइचारा, आत्मीयता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नाका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरूलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए । नेपाली क्रिकेटको विकासका लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्याउन समेत उनले आग्रह गरेका छन् ।

यस्तै, महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वाभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समुह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ का सम्पूर्ण प्रायोजकहरू, सहभागी बैंक तथा वित्तीय संस्थाहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गरेका व्यक्ति/सस्ंथाहरूलाई बैैंकले हार्दिक आभार व्यक्त गरेको छ ।

साथै ३०औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय, एवम् शुभचिन्तकहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि बैंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय र आधुनिक बैकिङ्ग सेवाको पहुँच आफ्नो ग्राहकको माझ पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
83%
3 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ