गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : सचिव भट्टराई

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताउनुभएको छ ।

गणतन्त्र दिवस-२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले सडक, पूर्वाधार, पर्यटन, स्वास्थ्य, जलविद्युत आदि क्षेत्रमा प्राथमिकताका साथ विकास र निर्माण भइरहेको छ भन्नुभयो ।

उहाँले अझै दूरदराजका जनताका अपेक्षा र चाहनालाई सम्बन्धित सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै गणतान्त्रिक व्यवस्थालाई सबल बनाएर जानुको विकल्प नभएको स्पष्ट गर्नुभयो ।

उहाँले राससले आयोजना गरेका तस्बिर प्रदर्शनीले गणतन्त्रपछिका विकास निर्माणका उपलब्धिलाई आधारभूतरुपमा प्रस्तुत गरेको बताउनुभयो ।

सोही अवसरमा नेता भट्टराईले मुलुकका आधिकारिक समाचार समितिका रुपमा रहेको राससको छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिकामा आवासीय प्रतिनिधि राख्न आफूहरुले पहल गर्दै आएको जनाउनुभयो ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सङ्कलन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

नेता भट्टराईलाई राससका महाप्रबन्धक सिद्धराज राईले भद्रकाली परिसरमा स्वागत गर्दै समृद्धिका लागि पूर्वाधार’शीर्षकको तस्बिर प्रदर्शनीबारे अवगत गराउनुभएको थियो ।

यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उदघाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ