कुवेतको दक्षिणी भागमा रहेको एक आवासीय भवनमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

कुवेतका अमिर शेख मिसाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिनुभएको र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

अमिर, युवराज शेख सबाह अल–खालेद अल–सबाह र प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले पीडित परिवारलाई शोक सन्देश पठाउनुभएको छ ।

कुवेतका प्रथम उपप्रधानमन्त्री, रक्षा मन्त्री र आन्तरिक मन्त्री शेख फहाद युसुफ अल–सबाहले फरेन्सिक प्रमाण टोलीले आफ्नो अनुसन्धान पूरा नगरेसम्म भवन मालिक सहित संलग्न व्यक्तिहरूलाई हिरासतमा राख्न आदेश दिनुभएको छ ।

यस्तै दुर्घटना हुन नदिन निर्माण क्षेत्रमा हुने उल्लङ्घनलाई सम्बोधन गरी सम्बोधन गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन समेत दिनुभयो । स्रोतका अनुसार भवनभित्र करिब १६० जना कामदार रहेका थिए । ज्यान गुमाउनेमध्ये धेरै भारतीय नागरिक छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
4 km/h
बुध
14 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ