सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सार्वजनिक

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास ‘स्व’ सार्वजनिक भएको छ । ‘बुकहिल पब्लिकेसन प्रालि’ले आयोजना गरेको कार्यक्रममा लेखिकाद्वय प्रतीक्षा र सगुना शाह तथा लेखक घनश्याम खड्काले संयुक्तरुपमा उक्त उपन्यास सार्वजनिक गर्नुभएको हो ।

उपन्यासमा वर्तमान मानिसभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तरद्वन्द्वका एक र अनेक कथा तथा आफू आफैँसँग नहुँदा र आफू-आफूजस्तो नहुँदाका घटना तथा दुर्घटनालाई समावेश गरिएको छ ।

“मूल कथामा बौद्धमार्गप्रतिको प्रेम छ, तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैँलाई खोजिरहँदाका आरोह-अवरोहले उपन्यासको कथालाई चित्ताकर्षण र बलियो बनाएको छ”, लेखिका प्रतीक्षाले भन्नुभयो ।

कईउपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै नभई अस्तित्व-खोजको नायकका रुपमा पाउने उहाँको भनाइ थियो । लेखकद्वय शाह र खड्काले सरल भाषाशैली, कथाको प्रस्तुतीकरण र शिल्पसहितको लेखनका कारण ‘स्व’ उपन्यासले पाठकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि लेखिका प्रतीक्षाको ‘नथिया’ उपन्यास सार्वजनिक भएको थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
6 km/h
शनि
19 °C
आइत
23 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ