ललितपुर, १६ असारः भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले राससलाई बताउनुभयो । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताउनुभयो । महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् । –––
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर

प्रतिक्रिया
ट्रेन्डिङ
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा…
दूतावासको ‘कागजी उद्धार’ कि पीडितमाथि व्यापार? ४६ जना नेपाल फर्किए, तर १-१ लाख असुलिएको खुलासा!
बैंकक, थाइल्याण्ड । नेपाली राजदूतावास बैंककले कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टरमा अलपत्र परेका ४६ जना नेपालीलाई…
