काठमाडौँ, १६ असार : माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार तथा कर्मचारीका छोराछोरीलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख दिलीप अधिकारीका छोरी शाम्भवी अधिकारी, उपप्रमुख समाचारदाता नारायण न्यौपानेका छोरा अध्ययन न्यौपाने, सहसम्पादक पवित्रा गुरागाईंकी छोरी निम्ता भट्टराई, उपव्यवस्थापक शशी अधिकारीका छोरा पर्ल अधिकारी र उपसमाचारदाता राजु विश्वकर्माका छोरी गरिमाकुमारी विकलाई सम्मान गरिएको हो । त्यसअवसरमा कार्यकारी अध्यक्ष झाले विद्यार्थीले ल्याउने जिपिए वा अङ्क नै सफलतामापनको सम्पूर्ण आधार नभएको भन्दै आगामी दिनमा थप लगनका साथ अध्ययन गर्न सम्मानित ती विद्यार्थीलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो,“ विद्यार्थीको सिकाइ र बुझाइले आगामी यात्रा सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छ । सम्मानित विद्यार्थीबाट व्यक्त विचारले पढाइ, सिकाइ र बुझाइसमेतमा परिपक्व हुनुहुन्छ भन्ने महसुस भयो, सायद पत्रकारका परिवारमा हुर्केकाले पनि पत्रकारिताको प्रभाव परेको होला ।” एसइईमा प्राप्त अङ्कबाट धेरै उत्साहित र निराश नहुन आग्रह गर्दै कार्यकारी अध्यक्ष झाले आफ्नो क्षमता र रुचिको पहिचान गरी उच्च शिक्षा अध्ययन गर्न तथा त्यसमा सहजीकरणका लागि अभिभावले पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले विद्यार्थीलाई उनीहरुको चाहनाअनुसार नै अभिभावकले उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले तनाव र जिम्मेवारीको बोझका बाबजुत पनि आफ्ना सन्तानलाई उचित शैक्षिक वातावरण प्रदान गरेकामा अभिभावको प्रशंसा गर्नुभयो । कार्यक्रममा महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले अहिलेका विद्यार्थीको सूचना र प्रविधिमा अत्यधिक पहुँच भएकाले त्यसलाई सही उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष गुरागाईं, कार्यसमिति सदस्य कृष्णप्रसाद सापकोटा, सम्मानित विद्यार्थीलगायतले पत्रकारिता जगत् र नेपालको शिक्षा प्रणालीका विषयमा मन्तव्य राख्नुभएको थियो । विद्यार्थीलाई सम्मानसँगै दहीचिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
एसइई उत्तीर्ण गर्ने राससमा कार्यरत पत्रकार तथा कर्मचारीका छोराछोरीलाई सम्मान

प्रतिक्रिया
ट्रेन्डिङ
भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न
काठमाडौं । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा…
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी
काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ ।…
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य…
कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् ।…

