शिक्षा ऐन छिट्टै जारी गर्नु मेरो मुख्य भुमिका रहन्छ-भट्टराई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

३१ असार काठमाडौँ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ छिटाे निर्माण गर्नेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन्।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्।
उनले शिक्षा मन्त्रालयको नामअनुसार काम गर्दै जाने र यसमा साथ सहयोग गर्न सबै कर्मचारीहरूसँग आग्रह गरिन्। उनले भनिन्, ‘शिक्षा ऐन छिटो निर्माण गर्न कोअर्डिनेट गर्ने मेरो भूमिका रहनेछ, यसमा समिति पनि लाग्नुपर्छ।’
उनले टिमवर्कबाट मात्रै प्रभावकारी रुपमा देखिने गरि काम गर्न सकिने पनि बताइन्। ‘म शिक्षा क्षेत्रमा धेरै समय काम गरेको छु तर म मन्त्री भए भन्दै एक्लै कुदेर त्यो लक्ष्यमा पुगिँदैन, सबैको जुझारुपन आवश्यक छ, समन्वय गर्दै अघि बढ्ने हो,’ उनले भनिन्।

सेयर: 26
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
5 km/h
सोम
19 °C
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ