Ad imageAd image

‘मौद्रिक नीति निर्माण क्षेत्रका लागि कोशेढुङ्गा’

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले निर्माण क्षेत्रमा कोशेढुङ्गा सावित हुने जनाएको  छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग परिषद्ले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुन सूचारू हुनको लागि नीतिले कोशेढुङ्गा सावित हुने जनाएको हो ।

‘निर्माण क्षेत्र विगत आवदेखी सम्पन्न गरी सकेका आयोजनाको भुक्तानी राज्यको तर्फबाट हुन नसकेको कारण बैंकबाट लिएका कर्जा एवं निर्माण उपकरण तथा निर्माण सामाग्रीहरुको भुक्तानी आयोजनाबाट भूक्तानी भएपश्चात सम्बन्धितले पाउने गरी दिएको चेक तथा जमानत जफत गरी कालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई आर्थिक वर्ष २०८१÷८२ को नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनको लागि यो मौद्रिक नीति कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ । नेपाल निर्माण उद्योग परिषद्ले प्रेस विज्ञप्ति लेख्दै भनेको छ । ’

साथै उद्योग परिषद्ले मौद्रिक नीति मार्फत जारी भएका सबै व्यवस्थाहरूले निर्माण उद्योग क्षेत्र मात्र नभइ समग्र वित्तिय क्षेत्रमा संकट मुक्त  हुनेसमेत आश्वासन लिएको जनाएको  छ ।

- Advertisement -
Ad imageAd image

‘मौद्रिक नीतिमार्फत जारी भएका यी सबै व्यवस्थाहरुले निर्माण उद्योग क्षेत्र मात्र नभएर समग्र वित्तिय क्षेत्र र आर्थिक क्षेत्र समेत संकट मुक्त भई व्यवसाय गर्ने वातावरण सहज हुन जाने हाम्रो बुझाई छ, ’ विज्ञप्तिमा भनिएको  छ ।

यस्तै निर्माण उद्योग परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारको निर्देशनमा नेपाल राष्ट्र बैकले यो मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरु सम्बोधन भएकोमा धन्यवाद व्यक्त गरेको छ । 

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
70%
1 km/h
बुध
23 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ