Ad imageAd image

काठमाडौं महानगरमा ‘बुक फ्री फ्राइडे’: १५ विधाका पाठ्यक्रम तर्जुमा गरिँदै

थाइल्याण्ड नेपाल डट्कम
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ््यक्रम तर्जुमा गरिरहेको छ । सामूदायिक विद्यालयहरुमा अभ्यास गरिएका १५ विधामा महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ वटा साझेदार संघसस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको हो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले, २०८० मंसिर २६ गते काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत ६ वटा काम छन् । आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्याङ्कन, तथ्याङ्क र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ । यही सम्झौताका आधारमा काम भइरहेको हो ।

२०८० सालमा कक्षा ९ का विद्यार्थीहरुलाई शिक्षामा सिप कार्यक्रम सञ्चालन गरेर नमूनाका रुपमा थालिएको बुक फ्री फ्राइडे कार्यक्रममा अहिले कक्षा ४ देखि १२ सम्म चलिरहेका छन् । विद्यार्थीको रुचि र संख्या, विद्यालयको भौतिक सुविधाअनुकुल हुने गरी प्रधानाध्यापक, शिक्षक र सम्बन्धित सरोकारवालाको पृष्ठपोषणका आधारमा हरेक विद्यालयमा एउटा बाल समूह र १५ वटा विधागत उपसमूह गठन गरिएका छन् । हरेक उपसमूहका लागि एक जना फोकल शिक्षक तोकिएको छ ।

यसरी सिकाइ भइरहेका विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापनसहितका १५ विधा छन् ।

- Advertisement -
Ad imageAd image

एनिमेसन र गेमिफिकेसन, नाट््य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन, र कोड उपसमूहका विधा हुन् । यी विषयको शिक्षण विधिमा एकरुपता कायम गर्न र मूल्याङ्कन प्रणालीलाई बैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो । बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ देखि १२ सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसमा १० विधा छन् ।

महानगरपालिकाले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गरिरहेको हो ।

मस्यौदा पाठ्यक्रममा सरोकारवालाको पृष्ठपोषण लिनका लागि आज कार्यशाला आयोजना गरियो । डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यशालामा शिक्षा अधिकृतहरु, स्रोत शिक्षक, प्रधानाध्यापक र विद्यार्थी क्लवका अध्यक्षहरुलाई सहभागी गराइएको छ । उपस्थित साझेदारलाई १५ समूहमा विभाजन गरेर हरेक समूहले एउटा विधाको पाठ्यक्रममा पृष्ठपोषण दिएका छन् ।

पाठ््यक्रमको मस्यौदाका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन् ‘एक वर्षमा २५ हप्ताका १ सय घण्टा पुस्तकरहित शुक्रबारअन्तर्गतका सिर्जनात्मक सिकाइ कक्षा हुनेछन् । २५ घण्टा परियोजना (प्रोजेक्ट) मा आधारित कक्षा हुनेछन् ।’

‘कक्षा ४ मा भर्ना हुने विद्यार्थीले कक्षा ८ उत्तीर्ण हुने अवधिसम्ममा रचनात्मक सिकाइ अभ्यास गर्न पुस्तकरहित शुक्रबारअन्तर्गत आफ्नो रुचिका ५ वटा विषय छान्न पाउनेछन् ।’ सञ्चालित कार्यक्रमसहित आगामी योजनाका बारेमा जानकारी दिँदै झा भन्छन् ‘काठमाडौँ युनेस्को रचनात्मक सहरको चलचित्र विधामा सदस्य बनेको छ । यसकारण सिर्जनात्मक उद्योग र विद्यार्थीका रुचिसँग सम्बन्धित ५ वटा विधा थप गर्ने कार्यक्रम छ । स्काउट अभ्यासलाई यही कार्यक्रममा समावेश गरेर थप प्रभावकारी बनाउने योजना छ ।’

पाठ््यक्रम र शिक्षण सिकाइको अन्तरवस्तु विश्लेषण गर्दै काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्रा. बालचन्द्र लुइटेल भन्छन् ‘पाठ््यक्रम सिकाइलाई सहजीकरण गर्ने साधन हुनुपर्छ । दायरा निषेध गर्ने माध्यम हुनुहुँदैन । संसारको प्रकृति अस्थायी छ । हामीले स्थायी प्रकृतिको पाठ््यक्रम खोज्नु हुँदैन । सिकाइ कक्षा कोठामा सीमित गर्नु हुँदैन । समुदाय पनि सिकाइ स्थल हो । अर्काको परिवेश सिक्ने होइन । आफ्नो परिवेश बुझेर त्यसलाई अन्तरराष्ट्रिय परिवेश अनुकुल बनाउने विद्यार्थीमा क्षमता विकास गराउने सिकाइ हुनुपर्छ ।’

विश्वविद्यालयको स्टिम विभागका प्रमुख विनोदप्रसाद पन्तको अनुभवमा पाठ््यक्रम निर्माण गर्दा यति धेरै साझेदारका बिचमा छलफल भएको सम्भवतः यो नै पहिलो हो । 

महानगरपालिकाका शिक्षा अधिकृत एवं वुक फ्री फ्राइडे कार्यक्रमका फोकल पर्सन केशव ज्ञवालीका अनुसार पाठ््यक्रम तयार गरेपछि यसको कार्यान्वयन गर्ने कार्यविधि तर्जुमा गरिनेछ ।    

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
1 km/h
बिहि
17 °C
शुक्र
23 °C
शनि
24 °C
आइत
23 °C
सोम
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ