Ad imageAd image

सिमित स्रोत र जनशक्तिबाटै प्रभावकारी सेवा दिनुपर्छ: मन्त्री पौडेल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारीतालाई अझै बढाउन आवश्यक रहेको बताएका छन् ।


शनिबार काठमाडौंमा आयोजित वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उनले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सिमित चिकित्सकीय शक्ति, सिमित भौतिक पूर्वाधार, सिमित स्रोतकाबीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको बताए ।


उनले भने,‘देश आर्थिक हिसाबले समस्यामा छ । स्रोत बढाउन सक्ने अवस्था छैन् । सिमित स्रोतभित्र सत प्रतिशत परिणाम प्राप्त गर्नेगरी काम गर्नुपर्ने स्थिति छ । पूर्वाधार विकासमा आजकोभोलि नै केही भइ हाल्दैन् । दिर्घकालिन योजना अनुसार विस्तारै काम हुन्छ । तर सेवाको प्रभावकारिता भने बढाउनुपर्ने हाम्रो बाध्यता छ । चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाइहाल्न सक्ने अवस्था छैन् । सिमित जनशक्ति, भौतिक पूर्वाधारका लागि सिमित स्रोतका बीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ ।’


उनले वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय र एकीकृत स्वास्थ्य प्रणाली विकासमा जरुरी रहेको औल्याए । व्यस्थापकीय पक्षमा सुधार गर्न सकेमा भइरहेको साधन र स्रोतभित्र रहेरपनि राम्रो परिणाम दिन सकिने उनको विश्वास छ ।
उनले भने,‘वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । व्यवस्थापन पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेको छैनौं । यसमा सुधार गर्न सयौं भने यही साधन स्रोतभित्र राम्रो परिणाम दिन सक्छौं भन्ने मलाई लाग्छ ।’

- Advertisement -
Ad imageAd image


उनले अस्पतालको इमर्जेन्सी सेवामा नागरिकको गुनासो रहेको भन्दै सबैले नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताए । उनले स्वास्थ्यकर्मीलाई काम गर्नका लागि सुरक्षित वातावरण निर्माणमा लागिपर्ने बताए ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाए ।


स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्नका साथै सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
57%
5 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
29 °C
आइत
30 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ