Ad imageAd image

मोहन वैद्य माओवादीका नेता–कार्यकर्ताले गरे विद्रोह

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कार्यक्रम गरी उनीहरुलाई प्रवेश गराएको हो ।

वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरिकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर राखेको आरोप लगाउँदै नयाँ पार्टीमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नव प्रवेशीहरुलाई पार्टी संयोजक समरजंगसहित केन्द्रीय नेताहरुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।

पार्टी संयोजक पूर्णबहादुर सिंह ‘समरजंग’ले नेपालमा पार्टी, क्रान्ति र जनताको हितको लागि भन्ने तर हरेक पार्टी आफ्नो निजी स्वार्थबाट माथि उठ्न नसकेको बताए ।

जनताले परिवर्तनको चाहना राख्ने तर पार्टीहरुले भ्रमको खेती गर्ने गरेको आरोप लगाउँदै सिंहले भने, ‘संसदीय दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाले मात्रै जनताको चाहना पूरा हुन्छ ।’

- Advertisement -
Ad imageAd image

पार्टीको ट्रेड युनियनका संयोजक विनोद थापाले शोषित पीडित श्रमिजीवी मजदूरहरुको लागि आफूहरुले नयाँ रणनीति बनाएर अगाडी बढ्ने र सबैलाई साथ दिन अनुरोध पनि गरे । विगतदेखिको आफूहरुको श्रम शोषण मुक्त मुलुक बनाउँने सपना पुरा हुनेमा विश्वस्त भएको बताए ।

इश्वर बुढाथोकीले विगतदेखि विभिन्न माओवादी धारहरुमा आफूहरुले पार्टी र क्रान्तिको लागि योगदान गर्दै आएको र पछिल्लो समयमा वैद्य निकटको मजदुर संगठनले श्रमिकहरुको हितमा काम गर्न नसेकोले आफूहरुले बिद्रोह गरेको बताए ।

बुढाथोकीको नेतृत्वमा कालिबहादुर पाण्डे, चन्द्रबहादुर बस्याल, भूमिका सिञ्जाली, दिपेन्द्र घिमिरे, सुजाता रोका, नितु शाह, राजकुमार खड्का, बलराम तामाङलगायत एक दर्जनबढीले बिद्रोह गरी पूर्णबहादुर सिंह ‘समरजंग’ नेतृत्वको श्रमिक कम्युनिष्ट पार्टी निकट रहेको मजदुर संगठनमा प्रवेश गरेका हुन् । कार्यक्रम सो पार्टीको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य सरोज न्यौपानेले सञ्चालन् गरेका थिए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
68%
1 km/h
बिहि
19 °C
शुक्र
23 °C
शनि
23 °C
आइत
25 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ