साफ यू–१७ : सेमिफाइनलका खेलहरु आज

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरु  आज हुँदैछन् ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।  उता दोस्रो खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुने छन् ।

नेपाल समूह उप विजेताको रुपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैसियतले सेमिफाइनल खेल्दै छ । भारतले समूह चरणमा बंगलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो ।

यता, नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकामाथि ४–० को एकतर्फी जीत दर्ता गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानमाथि २–१ गोलको पुनरागमन जीत दता गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउँदै भारतविरुद्धको  सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

यसैगरी कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए । टिममा सवै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि  जित्ने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने छ ।

पाकिस्तान र बंगलादेशको खेल भने अपरान्ह पौने ६ बजे हुने छ । आजका विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन् । साफ यू–१७ मा घरेलु टोली भुटानसहित श्रीलंका र माल्दिभ्स पनि सहभागी थिए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
94%
1 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ