कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए : नदीको भेल उदयपुर र सुनसरीमा पस्ने जोखिम

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुनसरी । निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ ।

जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ ।

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
77%
2 km/h
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
20 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ