एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी शुक्रबारदेखि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । एसिया रग्बीको आयोजनामा र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता हुने भएको छ ।


बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले यही असोज १८ र १९ गते दशरथ रंगशालामा ‘एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।


प्रतियोगितामा एसियाका नेपालसहित १६ वटा देशहरुको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा सातवटा टिमले सहभागिता जनाउने छन् । जसमा देशमा चलिरहेको विभिन्न द्वन्द्वका कारण इरानको महिला टोलीले मात्रै यस प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ ।


एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा संघको विश्वास छ । प्रतियोगितामा करिब दुई करोड १० लाख लागत लाग्ने अनुमान गरिएको छः ।


प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछन् भने दितिया हुने टोलीले रजत र तृतिया हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
thunderstorm with light rain
20° _ 20°
73%
5 km/h
शुक्र
20 °C
शनि
28 °C
आइत
27 °C
सोम
21 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ