Ad imageAd image

‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ ।

ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ ।

ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिस्पर्धा गरेको देखाइएको छ । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् । ट्रेलरमा फिल्मका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

- Advertisement -
Ad imageAd image

रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
clear sky
15° _ 15°
93%
1 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ