ईन्टर कलेज ई स्पोर्ट्स पुस अन्तिम साता

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।

प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि–फायर गरी चार विधालाई समावेश गरिएको छ । करिब ५ लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । ईशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता मंसिर २ गतेदेखि सुरु हुनेछ र मंसिर ३० गतेसम्म चल्नेछ । छनोट खेल अनलाईनमार्फत र फाइनल खेल ल्यान ईभेन्टको रुपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ ।

प्रतियोगितामा देशभरका कलेजबाट सहभागीता जनाउने सकिने आयोजक संघका सचिव आशिष दाहालले बताए । सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् । खेलाडीको सिफारिससँगै सहभागी हुने सम्बन्धित कलेजले ईशानको ई स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्र समेत दिनुपर्नेछ ।

खेलाडीको ग्रासरुट मानिने विद्यालय कलेजमा ई स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्धेश्यले प्रतियोगितासँगै सबै कलेजमा ई स्पोर्ट्स क्लब बनाउन लागिएको दाहालले बताएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ